देशको पूर्वी पहाडका आदिवासी किराँत राई भाषाहरू २४ वटा रहेको अनुसन्धाता तथा विज्ञले बताएका छन् । 'भाषावैज्ञानिक दृष्टिकोणले किराँत राई भाषाहरूको अनुसन्धान क्रम जारी छ,' भाषाशास्त्री नोवलकिशोर राईले भने, 'यसअघि २८ भन्दा बढी भनिए पनि भाषिकाहरूसमेत रहेकाले अहिले २४ वटा भाषा भने पुग्छ ।'
नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा विभाग र किराँत राई यायोक्खाले बुधबार गरेको 'किराँत राई भाषाहरू र साहित्यको वर्तमान अवस्था' संगोष्ठीमा उनले उक्त विचार व्यक्त गरेका हुन् । २०५८ को जनगणनाले किराँत राई जातिको जनसंख्या ६ लाख ३५ हजार १ सय ५१ देखाएको
छ भने २२ वटा राई भाषा भएको उल्लेख छ ।
भाषाशास्त्री राईले २०४८ मा भएको किराँत राई भाषाहरूको सम्मेलनमा २८ वटा राई भाषा पाइएको र त्यसयता केही भाषाहरू लोप भइसकेको समेत जनाए । उनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषाविज्ञान विभागले गर्दै आएको मुलुकको भाषा सर्वेक्षण टोली सदस्यसमेत हुन् । उनले 'किराँती क्लस्टर' का भाषाहरूको अनुसन्धान संयोजन गर्दै आएका छन् ।
नयाँ अध्ययनले देखाएका किराँत राई भाषामा आठपहरिया, कुलुङ, कोयू/कोयी, खालिङ, चाम्लिङ, छिलिङ, छिन्ताङ, जेरो/जेरुङ, तिलुङ, थुलुङ, दुमी, दुङमाली, नाछिरिङ, पुमा, बान्तवा, बाहिङ, बुङलावा, बेलहारे, मेवाहाङ,
मुगाली, याम्फू, लोहोरुङ, वाम्बुले र साम्पाङ छन् ।
अर्का भाषाशास्त्री लालश्याकारेलु रापचाले आफ्नो अनुसन्धानले २७ वटा किराँती भाषाहरूको तथ्यांक पाएको बताए ।
No comments:
Post a Comment